काठमाडौँ, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्म समय दिएकी थिइन् । बिहानसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले आफैं प्रधानमन्त्री दाबी गर्ने अग्रसरता लिएकै थिएनन् । उनलाई आफ्नो पक्षमा बहुमत पुग्छ भन्ने लागेको थिएन । एमालेको खनाल–नेपाल समूहले साथ दिने विश्वास उनलाई थिएन ।…