पोखरा, २० वैशाख । गण्डकी प्रदेशसभाको स्थगित विशेष अधिवेशनको बैठक कहिले बोलाउने भन्ने सन्दर्भमा सभामुखले सर्वदलीय बैठक बोलाएर छलफल गर्ने भएका छन् । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वदलीय बैठक आह्वान गरेर निकास खोज्ने सहमति भएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता सहभागी हुने गरी सर्वदलीय बैठक बोलाइने…