लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न जिम्मेवारी दिएका थिए । सोही मन्त्रिपरिषद्ले प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । पूर्वनिर्धारित समय अनुसार…