बिना काम घरबाट बाहिर ननिस्कनू, निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौँ, १६ बैशाख । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण गति बढ्दै गएपछि बाध्यतावस निषेधाज्ञा जारी गरेको जानकारी दिए…