गुट भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय

काठमाडौँ, ५ चैत । नेकपा एमालेका संसदीय दलको बैठकले कुनै पनि गुटको बैठकमा गई पार्टीभित्र समस्या पैदा गर्ने जो सुकै सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो । गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ ।…