नयाँ सत्ता समीकरणमा कांग्रेसको भूमिका महत्वपूर्ण

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नमिल्दा र प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन नसक्दा नयाँ सत्ता समीकरणको लागि कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ । नेकपाको दुवै समूहले यसअघि नै कांग्रेससँग मिलेर अघि बढ्न सक्ने संकेत गरिसकेका छन् । प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ । प्रतिनिधिसभामा कांग्रेसको ६३ सिट छ ।…