काठमाडौँ, २ फागुन । इन्टरनेटमा अश्लील र भ्रामक सामग्री नियमन गर्ने उद्देश्यसहित सरकारले कन्टेन्ट फिल्टरिङ प्रणाली राख्ने भएको छ । यस्ता सामग्रीले समाजमा नकारात्मक असर पार्ने भएकाले प्रणाली राख्ने विषयमा अध्ययन भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए । उनका अनुसार चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममै उक्त प्रणालीका लागि प्रक्रिया सुरु गर्ने प्राधिकरणको तयारी…