यसकारण नेकपाको विभाजन विधानसम्मत देखिएन

काठमाडौँ, १३ माघ । नेपाल कम्युनिस्ट  पार्टी (नेकपा)को विवादका विषयमा आइतबार निर्वाचन आयोगले गरेको निर्णयमा नेकपाका दुवै  पक्षले पार्टीको विधानअनुसार विवरण नै पेस नगरेको पाइएको छ । दुवै पक्षबाट  आयोगमा  पेस  भएका विवरण नेकपाको अन्तरिम विधान २०७५ अनुसार नै नभएको ठहर आयोगले गरेको छ । नेकपाको विवादका विषयमा २८ पृष्ठ लामो विवरणमा पार्टीको धारा १८ (छ) (८) मा कमिटीमा कुल सदस्य  सङ्ख्याको १० प्रतिशत  नबढाई  सदस्यहरू मनोनयन  गर्न  सक्ने व्यवस्था…