प्रधानसेनापतिद्वारा ढकाल र खड्कालाई दर्ज्यानी चिह्‍न प्रदान

काठमाडौँ, ५ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका सहायक रथीद्वय सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई आज उपरथीको दर्ज्यानी चिह्‍न प्रदान गरेका छन् । मंसिर ३ गते बसेको मन्‍त्रिपरिषद्‌ बैठकले सहायक रथीद्वय ढकाल र खड्कालाई उपरथीमा पदोन्‍नति गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आज प्रधानसेनापति थापाले दर्ज्यानी चिह्‍न प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले आज विज्ञप्ति…