संवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

काठमाडौँ, २८ मंसिर । भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो उपस्थिति हुन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । कांग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्धको प्रदर्शन गर्ने कार्यक्रम तय…