सडकमा अलपत्र परेकाको व्यवस्थित बसोबासको प्रबन्ध हुँदैछः राज्यमन्त्री मानन्धर

काठमाडौँ, १५ मंसिर । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताएका छन् । गुरुनानक जयन्तीका अवसरमा आज बालाजुको म्हेपीमा आयोजित कार्यक्रममा उनले सरकारले सडकमा अलपत्र अवस्थामा रहेकाको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माणलाई तीव्रता दिएको जानकारी दिए । “मानवता र मानव सभ्यताको विकासमा गुरुनानकले देखाएको मार्गदर्शन अवलम्बन गर्नु अहिलेको…