काठमाडौँ, २८ कार्तिक । कर्मचारीलाई उपलब्ध गराइँदै आएको विभिन्न शीर्षकका खर्च, सुविधा तथा अन्य कार्यालय व्यवस्थापनसँग सम्बन्धित फजुल खर्चमा सरकारले कैँची लगाएको छ । यस्तोमा महँगी भत्ता कटौतीदेखि हेलिकप्टर भाडा सरकारी कोषबाट भुक्तान नहुने सम्मका शीर्षक परेका छन् । मन्त्रिपरिषद्ले पारित गरेको सरकारी खर्चमा मितव्ययितासम्बन्धी मापदण्ड, २०७७ ले फजुल खर्च घटाउने उद्देश्यसहित यस्तो व्यवस्था गरेको हो…