नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौँ, २ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार सचिवालय बैठक बोलाएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो । शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।