काठमाडौँ, ८ जेठ । विश्व महामारी कोरोनाविरुद्ध सुक्ष्म सावधानी नअपनाएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ । संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने तयारीसमेत थालेको छ । उपत्यकामा लुकिछिपी आवतजावत अझै नरोकिएपछि अवस्था भयावह हुन नदिन सबै नाका सिल गर्नुपर्ने निष्कर्षमा महानगर…