साउन ८, काठमाडौं । नेपाली काँग्रेसको आन्दोलनका कारण सरकार अप्ठ्यारोमा परेको बेला राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट आफ्नो समर्थन फिर्ता लिने भएको छ । राजपाले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएपनि हालसम्म आफूहरुसँग भएका सम्झौता कार्यान्वयनमा चासो नदिएको भन्दै समर्थन फिर्ता लिने भएको हो । राजपा नेपालका नेताले भने, ‘अब समर्थन दिएर बरिरहने अवस्था…