काठमाडौ १ माघ । निर्वाचन आयोगले ढिलोमा माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त नभए माघ २४ मा निर्धारित राष्ट्रियसभा निर्वाचन गर्न नसकिने चेतावनी दिएको छ । राष्ट्रियसभा निर्वाचन प्रभावित भएमा नयाँ सरकार गठन अझ पछि धकेलिनेछ । पटकपटक आग्रह गर्दा पनि सरकारले प्रदेश प्रमुख नियुक्त नगरेपछि आयोगले माघ ५ को अन्तिम डेडलाइन दिएको हो ।…