काठमाडौँ, २५ चैत । सर्वोच्च अदालतले सीमामा रोकिएका सबै नेपाली नागरिकलाई नेपाल ल्याउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले सरकारबिरुद्ध परेका तीनवटा रिट निवेदनमाथि छुट्टाछुट्टै सुनुवाइ गर्दै एकमुष्ठ दिएको परमादेशमा सरकारले अहिलेसम्म १ हजार ६ सय ४५ वटा कोरोना भाइरस संक्रमणको परीक्षण गरेकोमा त्यसको दायरा बढाउन पनि भनिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की…