राष्ट्रिय युवा संघ नेपालका नेताले गरे तीनवटै सुरक्षा निकाय माथि गम्भीर आशंका

काठमाडौँ, ३० वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रमेश आचार्यले नेपालका तीनवटै सुरक्षा निकायमाथि गम्भीर आशंका रहेको बताउनुभएको छ । सुरक्षा निकायका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमाथि गम्भीर आशंका रहेको उहाँले औल्याउनुभएको हो । छिमेकी देश भारतले नेपालमा पटक पटक सीमा अतिक्रमण…