काठमाडौँ, २६ माघ । आज पनि नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको भन्दै आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो । कांग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।