काठमाडौँ, ७ वैशाख । नेपाल मजदुर किसान पार्टीले आफ्ना जनप्रतिनिधिमार्फत मजदुर, किसान, प्रगतिशील बुद्धिजीवी, पुँजीपति वर्गसमेतको सहयोग तथा समर्थनमा गाउँपालिका र नगरपालिकाका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पार्टीले आज सार्वजनिक गरेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र २०७४’ मा भूबनोटअनुसार घर बनाउन जनतालाई भार नपर्ने गरी स्थानीय तह र सरकारी निकायबाट माटो परीक्षणको व्यवस्था…