काठमाडौँ, २३ फागुन । सरकारले कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू गरेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार अर्थ मन्त्रालयले एउटै टोलीले बनाएर यसको आर्थिक असरका बारेमा अध्ययन गर्न थालेको छ । बिहीवार सरकारको नियमित पत्रकार सम्मेलनमा खतिवडाले नेपाल राष्ट्र बैंकले समेत यसबारेमा थप अध्ययन गरिरहेको बताए ।…