सरकारको नाममा २८४ बिघा जग्गा फिर्ता : मन्त्री अर्याल

काठमाडौँ, १६ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २८४ बिघा ५ कठ्ठा १५ धुर जग्गा नेपाल सरकारको नाममा ल्याएको बताएकी छन् । आज मन्त्री अर्यालले शुक्रबार आफ्नो कार्यकालमा भएका उपलब्धी सार्वजनिक गर्दै १८ भदौ २०७५ मा मन्त्री बने यता विभिन्न कारणले व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता गरेको उनले जानकारी दिइन् ।…