प्रदेश कमिटीसँग समन्वय गरी एमालेले प्रदेश २ मा सभा गर्ने

काठमाडौँ, ७ चैत । नेकपा एमालले मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत बाँकी प्रदेश नं २ का जिल्लामा पनि सभा गर्ने भएको छ । पार्टीको केन्द्रीय सचिवालयको आज बसेको बैठकले सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरी कार्यक्रम तय गर्ने निर्णय भएको एमालेका सचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेले सिरहा, धनुषा, रौतहटलगायत मध्यतराईका…