नेपालका ११ वटा सांस्कृतिक स्थलकाे स्तराेन्नति गर्न भारतले सहयोग गर्ने

काठमाडौँ, २७ मंसिर । नेपालमा विसं २०७२ सालमा आएको भूकम्पबाट क्षतिग्रस्त नेपालका ११ वटा सांस्कृतिक स्थलको स्तरोन्नति गर्न भारतले सहयोग गर्ने भएको छ । यसका लागि नेपालमा रहेको भारतीय दूतावास तथा भारतीय कला तथा सांस्कृतिक राष्ट्रिय ट्रस्ट (इन्ट्याच) बीच सम्झौता भएको छ । भारतले नेपालको काठमाण्डौ, ललितपुर, भक्तपुर र सोलुखुम्बुको सांस्कृतिक सम्पदाको स्तरोन्नति गर्न सघाउनेछ ।…