इज्जत भन्दा धनलाई महत्व दिँदा भ्रष्टाचार बढ्यो : मुख्यमन्त्री पोखरेल

रुपन्देही, १८ मंसिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समाजमा इज्जतभन्दा धनलाई महत्व दिने प्रचलन बढेकाले भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवलमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले उजुरी पर्नु नै भ्रष्टाचार हो…