काठमाडौँ, १२ मंसिर । उपनिर्वाचनको लागी सम्पूर्ण तयारी पूरा भएको छ । उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको साथै मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीको खटनपटन भइसकेको निर्वाचन आयोगले जनाएको छ । बुधबार साँझसम्म उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत,…