काठमाडौँ, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले केही दिन पहिलेदेखि जारी निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध विद्याथीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा आन्दोलन गरिरहेको छ…