काठमाडौँ, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमण पश्चात स्वदेश फर्कनुभएको छ । राजकीय सम्मानका साथ आज अपरान्ह २ः१५ बजे उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको बेइजिङ एयर चाइनाबाट प्रस्थान गर्नुभएको हो । उहाँलाई विदाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विशिष्ठ व्यक्तित्को सहभागिता रहेको थियो ।…