पोखरा, २४ असोज । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आज पोखरामा निर्माणाधीन खेल पूर्वाधारको निरीक्षण गर्दै निर्माण कार्यको प्रगति र आवश्यक प्रक्रियाअनुसार नै बजेट निकासा भइरहेकाले पूर्वाधार निर्माण र तयारीको काम रोकिने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताउनुभएको छ । सरकारले…