काठमाडौँ, २७ साउन । श्री एयरलाइन्सले भारतको बनारसमा ‘परीक्षण उडान’ गर्ने भएको छ । एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टड उडानको अनुमतिपत्रको लागि सोमबार बनारसमा ‘परीक्षण उडान’ गर्ने भएको हो । उक्त अन्तर्राष्ट्रिय उडानका लागि ६ महिनाअघि नै उसले संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा आवेदन दिएको थियो । सरकारले श्रीलाई नियमित अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिन बाँकी छ…