२५६ प्रहरीको जागिर चट, एसएसपीसहित १५ सय ४४ प्रहरीमाथि कार्वाही

काठमाडौँ, १५ साउन । नेपाल प्रहरीका एसपीदेखि जवानसम्मका २ सय ५६ जना कर्मचारीको जागिर चट भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनभित्र बदमासी नियन्त्रणलाई कडाई गरेसँगै एक वर्षमा भ्रष्टाचारसहितका गम्भीर गल्ती गर्ने २५६ प्रहरीले जागिर गुमाउने परेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार जागिर गुमाउनेमध्ये २४९ लाई सेवाबाट हटाइएको र सात जनालाई बर्खास्त गरिएको…