काठमाडौँ, ६ भदौ । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग २० कात्तिक २०७४ मा पार्टी एकीकरण ग-यो । पार्टी एकताताका गच्छदारलाई उपसभापति दिने वचन कांग्रेस सभापति शेरबहादुर देउवाले दिए । त्यहीअनुसार गच्छदारलाई देउवाले विधान मिचेरै भए पनि उपसभापति बनाए । तर, गच्छदारसँग भएको सहमति दुई वर्ष बित्नै लाग्दासम्म पनि पार्टीका शीर्ष तहका नेताहरूले…