विप्लव समूहका २ कार्यकर्ता पक्राउ

डडेल्धुरा, २४ असार । डडेल्धुराबाट ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरीले परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराईलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धानका जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ ।