भक्तपुर–नगरकोट सडक निर्माण : चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता

काठमाडौँ, १९ साउन । राजधानी आउने अधिकांश पर्यटकको गन्तव्य भक्तपुरको नगरकोट हुने गर्छ । नगरकोटबाट देखिने हिमशृङ्खलाको स्वाद बेग्लै हुन्छ तर आकर्षक पर्यटकीय नगरी पुग्ने सडक भने वर्षौंदेखि उबडखाबड र खाल्डाखुल्डीले भरिएको छ । सर्वसाधारणदेखि रमाउन र खुसी मनाउन आउने पर्यटकले सडककै कारण सास्ती भोग्नु परेको छ । यो अवस्था आउनुको मुख्य कारण हो–सडक निर्माणको…