श्रीलंकाका लागि राजदूत प्याकुरेलको राजीनामा

काठमाडौँ, २९ असार । श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति असन्तुष्टि देखाउँदै पदबाट राजनीनामा दिएका छन् । प्याकुरेल परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित भएको आरोप लगाएका छन् । उनको राजीनामा स्वीकृत भएको छ । ‘राजदूतले कुनै पनि कर्मचारीको मूल्यांकन गर्न नपाइने, होस्ट सरकार (श्रीलंका)का मन्त्रीहरु मलाई भेट्न आउने…