लोकसेवा विज्ञापनविरुद्धको सुनुवाई सकिएन : पुनः बुधबार हुने

काठमाडौँ, ८ असार । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रीटमाथिको सुनुवाई बुधबारका लागि सरेको छ । आइतबार दिनभर बहस भए पनि रीट निवेदककै तर्फको बहस नसकिएकाले बुधबारका लागि सारिएको हो । रीट निवेदकका तर्फकै बहस पनि सकिएको छैन । आइतबार सबै रीटलाई एकै ठाउँमा राखेर न्यायाधीशहरु हरिकृष्ण कार्की र…