काठमाडौँ, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा रहेको बताएका छन । विद्यालय भर्ना अभियानका सन्दर्भमा आज बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन । उनले भने, ‘विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नका लागि…