उपप्रम पोखरेलद्वारा मन्त्री अधिकारीलाई राजकीय सम्मान सहित अन्तिम श्रद्धाञ्जली पोखरामा दिइने

काठमाडौँ, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले राजकीय सम्मानका साथ अन्तिम श्रद्धाञ्जली पोखरामा दिनुहुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने भएको छ । स्व. नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण…