काठमाडौँ, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धानका पूर्वआयुक्त राजनारायण पाठक तथा कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्लेले चुनावको समयमा कांग्रेसको झण्डा बोकी आफ्नो विरुद्धमा भोट मागी हिडेको बताउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद बस्नेतले प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले देशमा…