कञ्चनपुर, २६ माघ । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले भीमदत्त नगरपालिकाको चौथो नगरसभा अवरुद्ध गरेका छन् । आज हुने भनेको भीमदत्त नगरपालिकाको चौथो नगर सभा ६ महिनामा हुनुपर्ने नगरसभा समयमै नभएको भन्दै कांग्रेसले अवरुद्ध गरेका हुन् । कांग्रेसबाट निर्वाचित ३९ जना जनप्रतिनिधिहरुले ६ महिनामा हुनुपर्ने नगरसभा ७ महिना पछि भएको र ४८ घण्टा भित्र नगरसभाको कार्यविधि दिइसक्नुपर्ने प्रावधान…