काठमाडौं, १८ माघ । डा. केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विरोध प्रदर्शन गरिरहेका १७ चिकित्सकहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध गरी विरोध प्रदर्शन गरिरहेको उनीहरुलाई पक्राउ गरि नेपाल पुलिस क्लब भृकुटीमण्डप लगिएको हो । प्रकाउ पर्नेमा रेजिडेन्ट डाक्टर एसोसियसनका अध्यक्ष डा. सुमित पान्डेसहित डाक्टरहरू बद्री अर्याल, विशाल अग्रवाल, अमित शर्मा, हेमन्त बास्तोला,…