राष्ट्रियता, जनतन्त्र र जनजीविका, नयाँ जनवादी क्रान्ति : अध्यक्ष वैद्य

बुटवल, १९ मङ्सिर । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताउनुभएको छ । बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकको बारेमा मंगलबार पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले मुलुकलाई अर्धसामन्ती अवस्थाबाट मुक्ति दिलाउन नयाँ क्रान्तिको आवश्यक रहेको बताउनुभयो । मुलुकमा रहेका सच्चा कम्युनिष्टलाई गोलबन्द गर्ने प्रयासमा रहेको…