कार्तिक ७, एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी काठमाडौं आउने भएका छन् । शुक्रबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा नेकपाका बरिष्ठ नेता माधव नेपाल अध्यक्ष रहेको पुष्पलाल स्मृति प्रतिष्ठानले गर्न लागेको कार्यक्रममा यचुरीले भारतको कम्युनिष्ट आन्दोलनको अनुभवबारे सम्बोधन गर्न आउन लागेका हुन् ।