चाबहिल मालपोत कार्यालय सार्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं, २२ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले चाबहिल मालपोत कार्यालय सार्न निर्देशन दिएकी छन् । सोमबार अनुगमनमा पुगेकी मन्त्री पद्मा अर्यालले कामको प्रकृतिअनुसार कार्यालय उपयुक्त नभएकाले अर्को ठाउँमा सार्ने विकल्प खोज्न कार्यालय प्रमुख पदमप्रसाद अर्याललाई निर्देशन दिएकी हुन् । सोमबार साढे १० बजे अनुगमनमा पुगेकी मन्त्री अर्यालले मालपोत कार्यालयलाई कागजरहित (पेपरलेस) …