काभ्रेपलाञ्चोक, १७ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मानव बस्ती नजिकका इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनको जालो सुन्दर, हरियाली र स्वच्छताको बाधक भएकाले तत्काल हटाउनुपर्ने बताउनुभयो । नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले मुलुकका जुनसुकै मानव बस्तीमा कार्बनको जालो हुनुहुन्न र यसलाई तत्काल हटाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नगरपालिकाको भकुण्डेस्थित इँटाभट्टाबाट…