सामाजिक सुरक्षा योजना कार्यक्रमलाई लागु गर्न सरकारले खुट्टा कमाउँदैन : मन्त्री अधिकारी

काठमाडौँ, १३ मङ्सिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वर्तमान सरकारले शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई लागु गर्न सरकारले खुट्टा नकमाउने बताउनुभयो । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर युनियनको ३८औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनका साथै मजदूरको हकहित…