असहजतालाई सहजतामा ल्याउनु जनप्रतिनिधिको दायित्व : सांसद वस्नेत

असोज ३, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले देश विकासका लागि प्रत्येक नगरपालिकाका एक वडा, एक मुल सडक बनाउनुपर्ने भन्दै असहजतालार्ई सहजता प्रदान गर्दै अघि वढ्नु जनप्रतिनिधिको दायित्व भएको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका १, चरखण्डी पुलको शिल्यान्यास गर्दै सांसद बस्नेतले उक्त कुरामा जोड दिनुभएको हो…