इलाम, २७ चैत । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सहिदको सपना अझै पनि पूरा भइनसकेको बताएका छन । सहिद रत्नकुमार वान्तवाको ३८ औंँ स्मृति दिवसका अवसरमा ठूलो टुँडिखेल नजिकै सालिकमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सहिद वान्तवाले देखाएको बाटामा निष्ठा र दृढताका साथ अविचलित नभई लाग्न आग्रह गरे । वान्तवा सामान्य कार्यकर्ता नभई एक कुशल, निडर,…