काठमाडौँ, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन् । आइतबार डा. लोहनीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै लोहनीले पछिल्लो समय पार्टी नेतृत्व एकलौटी ढंगले चलेको, विधान नमानेको, निर्देशक समिति समेत गठन…