स्वास्थ्य मन्त्रालयद्वारा मेला, महोत्सवका नाममा सुर्तीजन्य वस्तुको विज्ञापन नगर्न आग्रह

काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर केही मेला, महोत्सव र जात्रामा सुर्तीजन्य वस्तुको उत्पादक संलग्नता भएकोप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेका हुन् …